राजनीति

आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने छन् : प्रधानमन्त्री प्रचण्ड



ब्रसेल्स, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन् ।

गएराति संसारभरिका माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन उनले प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भई रहेको बताए । 

उनले गैरआवासीय नेपाली सङ्घमा हाल देखिएको तीन फरक नेतृत्वको एनआरएनएलाई एक ठाउँमा राखेर सहमति प्रयत्न गर्ने र कथंकदाचित सहमति नभए सरकारले गठन गरेको छानबिन समितिले दिइसकेको प्रतिवेदन अनुसार केही दिनभित्रै टुङ्गोमा पुग्ने प्रधानमन्त्रीको भनाइ छ ।