राजनीति

उत्तरपुस्तिका हराएको विषयमा लापरबाही गर्नेलाई तुरुन्त कारबाही गर्न सांसद भट्टराईलेको माग



काठमाडौँ, १८ चैत । नेकपा (एमाले)का सांसद विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा लापरबाही  गर्नेलाई तुरुन्त कारबाही गर्न माग गरेकी छन् ।

उनले आइतबारको प्रतिनिधिसभा बैठकमा गत वैशाखमा भएको जनसंख्या र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीको नतिजा आउनुपर्नेमा पुनः परीक्षा दिनुपर्ने सूचना प्रकाशित भएको बताइन् । 

उनले भनिन्, “उनीहरूको नतिजा होइन, उत्तरपुस्तिका हराएको र पुनः परीक्षा दिनुपर्ने निर्देशनसहितको सूचना त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको छ,” । 

भट्टराईले १८३ परीक्षार्थीको उत्तरपुस्तिका हराएको विषयले विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताइन् । यसप्रकारको चरम लापरबाही गर्ने व्यक्तिलाई तुरुन्त कारबाही गर्नुपर्ने माग उनको छ ।