अर्थ

परिसूचक नेप्से १७.३० अंकले घट्यो



काठमाडौँ, १८ चैत । आज सेयर बजारको परिसूचक नेप्से २०१८ अंकमा झरेको छ । आज नेप्से १७.३० अंक घटेको छ । कुल ३ अर्ब २० करोड रुपैयाँको कारोबार भयो । ६३ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने १० को स्थिर रह्यो ।

उत्पादन समूह सबैभन्दा धेरै ३.६५ प्रतिशत घट्यो । सर्वोत्तम सिमेन्ट कम्पनीको मूल्य १० प्रतिशत तथा बोटलर्स नेपाल बालाजुको ७.६ प्रतिशत घटेपछि यो समूह सबैभन्दा धेरै प्रभावित भएको हो । बैंकिङ ०.५३, विकास बैंक १.०९, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.७६, हाइड्रोपावर ०.०८, लगानी ०.७९, जीवन बीमा ०.९९, उत्पादन ३.६५, माइक्रोफाइनान्स १.२०, अन्य ०.७१ र ब्यापार समूह १.७४ प्रतिशत घटे । निर्जीवन बीमा समूह भने ०.१२ प्रतिशत घट्यो ।

मायाखोला हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । उन्नती सहकार्य लघुवित्तको ७.७४, मन्दाकिनी हाइड्रोपावरको ७.०८, राप्ती हाइड्रोको ६.४३, इङवा हाइड्रोको ६.४, विन नेपाल लघुवित्तको ५.८ प्रतिशत मूल्य बढ्यो । अघिल्ला ७ कारोबार दिनसम्म १० प्रतिशत मूल्य बढेको सर्वोत्तम भने आज १० प्रतिशत नै घटेर ९७४ रुपैयाँ ५० पैसामा कायम भयो । त्यस्तै बोटलर्स नेपाल बालाजुको ७.६, सीवाईसी लघुवित्तको ५.८, समाज लघुवित्तको ५.७ र थ्रीस्टार हाइड्रोको ५.३ प्रतिशत मूल्य घट्यो ।