राजनीति

हावाहुरीका घटनाबाट ज्यान गुमाउनेका परिवारलाई राहत दिन सांसदको माग



काठमाडौँ, १९ चैत । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले हावाहुरीबाट ज्यान गुमाएकाको परिवारलाई राहत दिन माग गरेका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा उनले परिवारलाई राहत उपलब्ध गराउन माग गरेका हुन् । त्यस्तै, हावाहुरीले रिब्दीकोट गाउँपालिकामा आठ करोड बराबरको अकबरे खुर्सानी, कागती र सुन्तला करिब साढे तीन करोड बराबरको क्षति भएको भन्दै राहत उपलब्ध गराउन माग गरेका हुन् ।

उनले असिना पानीसहितको हावाहुरीले स्कुलका छाना, घरका छाना उडाएको बताए । “पीडित किसानलाई सरकारले राहत उपलब्ध गराओस्,” गैरेले भने । उनले बर्सेनि वनजंगलमा डढेलो र हावाहुरीबाट हुन सक्ने सम्भावित क्षतिको अनुमान गरेर न्यूनीकरण गर्नुपर्ने बताए । शनिबार आएको हावाहुरीले रुख ढल्दा पाल्पाको तानसेनका २० वर्षीय भुवन सिञ्जालीको मृत्यु भएको थियो ।