Banner News

एमालेले बहुमत ल्याए राजनीतिक स्थायित्व हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल



बारा, १९ चैत नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिसन-०८४ मा पार्टीले बहुमत प्राप्त गरेपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने दाबी गरेका छन् । 

एमाले बाराको ११औँ जिल्ला अधिवेसनको कलैयामा सोमवार उद्घाटन गर्दै राजनीतिक स्थिरता ल्याउने पार्टीको पहिलो प्राथमिकता र संकल्प रहेको उनको भनाइ छ । गाउँ नगरदेखि केन्द्रको राजनीति ४० प्रतिशत यूवा समेटेर पार्टी अगाडि बढ्ने उनले बताए ।

उनले भने, ‘मुलुकमा राजनीतिक स्थिरता नभएसम्म विकास हुदैन, त्यसैले राजनीतिक स्थिरताका लागि पनि जनताले एमालेलाई बहुमत दिनुपर्छ । देशमा एमालेको आवश्यकता छ । एमालेले देशमा स्थिरता ल्याएपछि मात्र विकास हुन्छ । मधेसमा मल कारखाना, कोशी मरिण डाइभर्सन, बन्द उद्योगलाई पुनर्जीवन दिने एमालेको अठोट छ ।’

युवालाई अघि सार्ने क्रममै आगामी बैशाख १५ गते इलाम-२ मा हुने उपनिर्वाचनमा पूर्वसभामुख स्वार्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई टिकट दिइएको उनले बताए । एमालेलाई सिध्याउने रणनीतिका साथ बनेको तत्कालीन गठबन्धन आफ्नै बोझले ढलेपछि पछिल्लो समीकरण बनेको उनको दाबी थियो ।