समाचार

वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ



काठमाडौँ, २२ चैत । वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भारत मोतिहारी घर भएका २३ वर्षीय मोतिबाबु अन्सारी र झापा घर भएकी ४४ वर्षीया ज्ञानवती ताजपुरियालाई पक्राउ गरेको हो ।

अन्सारीले दुबई पठाउँछु भनेर २ लाख ८० हजार र मलेसिया पठाउँछु भनेर ताजपुरियाले १ लाख २५ हजार रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।