राजनीति

 मेयर शाहको चरित्र हत्या गरेको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो



काठमाडौँ, २२ चैत । काठमाडौँका मेयर बालेन शाहको चरित्र हत्या गरेको सम्बन्धी मुद्दाको अनुसन्धान पुरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

फागुन ३० मा प्रहरीले पक्राउ गरेका रामचन्द्र पौडेललाई चैत १ मा जिल्ला अदालत काठमाडौँले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश गरेको थियो । सो मुद्दाको अनुसन्धान पुरा गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको हो । काठमाडौँ महानगरपालिकाको पत्रको आधारमा प्रहरीले आरोपीविरुद्ध विद्युतीय कारोबारे ऐन–०६४ को कसुरमा अनुसन्धान गरेको थियो । पौडेलले मेयर शाहको चरित्र हत्या गरेको आरोप छ ।