Banner News

मन्त्रीहरूले प्रत्येक दिन प्रधानमन्त्रीलाई कामको ब्रिफिङ गर्नुपर्ने



काठमाडौँ, २२ चैत । सरकारका मन्त्रीहरूले प्रत्येक दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रत्येक मन्त्रीले प्रत्येक दिनको साँझ ब्रिफिङ गर्नुपर्ने निर्णय गरिएको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री दाहालले प्रत्येक मन्त्रीले हरेक दिन ब्रिफिङ गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषद्को आजको बैठकले सबै मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधनमन्त्रीलाई गर्नुपर्ने निर्णइ भएको छ । प्रत्येक दिन बेलुका दिनभरी गरेकामध्ये ठूलो र राम्रो कामको ब्रिफिङ गर्ने निर्णय गरिएको छ । यो निर्णयले सबै मन्त्रीलाई पनि काम गर्न बल पुग्छ । मन्त्री र सचिवहरूलाई काम गर्न तताउँछ ।’