समाचार

आजको मौसम



काठमाडौँ, २६ चैत । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अहिले कोशी र मधेश प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहनेछ । देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी र मधेश प्रदेश लगायत पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सुरक्षा अपनाउन विभागले अनुरोध गरेको छ ।