Banner News

उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिने



काठमाडौँ, २६ चैत । आगामी वैशाखमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले सोमबार बेलुका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची तय गरेको छ । 

आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो । हिजो अपराह्न ३ बजेपछि २६ गते (आज) बेलुका ५ बजेसम्ममा आयोगले उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानबिन गर्ने समय तोकेको छ । यद्यपि उम्मेदवारमाथि उजुरी नपरेको आयोगको भनाई छ । 

यस्तै, आयोगले उम्मेदवारलाई भोली मंगलबार (२७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ । आयोगले मंगलबार दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।