राजनीति

सभामुख र शीर्ष नेताबीच छलफलको समय सर्‍यो



काठमाडौँ, २६ चैत । सभामुख देवराज घिमिरे र शीर्ष नेताबीच छलफलको समय सरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट फर्कन समय लाग्ने भएपछि सोमबार बिहान साढे १० बजेलाई तय भएको सभामुख र शीर्ष नेताबिच छलफलको समय सरेको सभामुखको सचिवालयले जनाएको हो । 

‘साढे १० बजेको समय सरेर दिउँसो २ बजे पुगेको छ,’ सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । संसद्मा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत सहभागिता भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । उसले यसअघिको बैठकमा समिति गठन नभए सदन चल्न नदिने चेतावनी दिएको थियो ।