Banner News

सहकारी प्रकरणमा कांग्रेसको माग यथावत



काठमाण्डौ,२६ चैत । नेपाली कांग्रेसले सहकारी प्रकणमा संसदीय छानबिन समितिको अडानलाई यथावत् राख्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठक सो निष्कर्ष पुगेको हो ।

बैठकले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको विकल्प नभएको निष्कर्ष निकालेको हो ।
कांग्रेस सांसद तथा सहमहामन्त्री जीवन परियारले मंगलबार संसदीय कार्यसमिति र दलको बैठक बस्ने बताए । भोलि बिहान ८ बजे संसदीय दलको बैठक बस्छ,’ उनी भन्छन्, ‘हामीले सदनमा राखेको संसदीय छानबिन समिति गठनको माग यथावत् छ उनले भने ।
संसदीय छानबिन समिति गठनमा सरकारको धारणाअनुसार नयाँ रणनीति बनाएर अगाडि बढ्ने उनले बताए ।