राजनीति

कांग्रेसले संसद बैठक चल्न नदिने



काठमाडौँ, २७ चैत । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ । साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् ।

मंगलबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।