राजनीति

गृहमन्त्रीउपर संसदीय छानबिन समिति गठन हुनैपर्छ : सभापति देउवा



काठमाडौँ, २७ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनै पर्ने बताएका छन् ।

आज बिहान नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा सभापति देउवाले लामिछानेविरुद्ध धेरै प्रमाण भएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘रवि लामिछानेविरूद्ध यति धेरै प्रमाण छन् । लाखौं ठगिएका छन् । न्याय दिनुपर्छ, हामी लाग्नुपर्छ,’ ‘संसदीय छानबिन समिति बन्नै पर्छ।’