समाचार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौँ ठगी



काठमाडौँ, २८ चैत । वैदेशिक रोजगारीको लागि माल्दिभ्स र मलेसिया  पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार धनुषा बडहरी नगरपालिका-२ बस्ने ३९ वर्षीय मोहनप्रसाद तिमल्सिनालाई पक्राउ गरेको हो ।

तिमल्सिनाले श्याम लामा समेत ५ जनालाई वैदेशिक रोजगारीमा माल्दिभ्स र मलेसियामा होटलहरुमा काम लगाइदिन्छु भन्दै पीडितहरुबाट पटकपटक गरी २० लाख रुपैयाँ रकम लिएका थिए । तर सो रकम लिएपछि उनी सम्पर्कविहीन बरेका थिए ।

कार्यालयबाट खटिएको प्रहरी टोलीले तिमल्सिनालाई चैत २६ गते उदयपुरको उदयपुरगढी गाउँपालिका-७ तेलतेलेबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।