अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २८ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३६ हजार ८ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।