राजनीति

कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण



काठमाडौँ, २८ चैत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ खुवाएका हुन् ।  कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् । 

कँडेललाई प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।