राजनीति

सुर्तीजन्य पदार्थलाई राजस्वको आम्दानीको बाटो बनाउनु हुँदैन : प्रमुख सचेतक बर्तौला



काठमाडौँ, ३० चैत । नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तीजन्य पदार्थलाई राजस्वको आम्दानीको बाटो बनाउनु नहुने बताएका छन् । 

आज काठमाडौँमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले सूर्तीजन्य पदार्थको सेवनबाट भएको क्षति ठूलो रहेकोले नियन्त्रणको बाटोमा अघि बढ्न सुझाव दिए । 

उनले कुल मृत्युको १९ प्रतिशत मानिस नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

उनले भने, “ठिक कुराको नेतृत्व गर्ने राजनीतिक नेतृत्वले बेठिक कुराको कुनै पनि अनुयायी बन्नु हुँदैन । राजनीतिक नेतृत्व त समाजको अभिभावक हो । सरकारले सुर्तीजन्य पदार्थलाई राजस्वको आम्दानीको बाटो पनि बनाउनु हुँदैन । यसबाट भएको क्षति ठूलो छ । झन्डै देशको मृत्युदरमा १९ प्रतिशत मानिस मृत्यु भएको तथ्यांक छ ।”