राजनीति

एमाले पर्वतको अध्यक्षमा पहाडी विजयी



पर्वत, १ बैशाख । एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी विजयी भएका छन् ।

एमाले पर्वत जिल्ला १० औँ अधिवेशनबाट पहाडीले १२७ मतको फराकिलो अन्तरले पदमपाणी शर्मालाई पराजित गरेका हुन् । शर्माले १ सय २७ मत ल्याउँदा पहाडीले २ सय २८ मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा विमल लामिछानेले २१७ मत प्राप्त गर्दै मिनप्रसाद श्रेष्ठलाई पराजित गरे । श्रेष्ठले १ सय ४८ मत प्राप्त गरे । यस्तै १ सय ८८ मतसहित सुवासचन्द्र पौडेल सचिवमा निर्वाचित हुँदा उनका प्रतिष्पर्धी शिव प्रसाद पौडेलले १ सय ७२ मत पाए। उपसचिव खुल्लमा चण्डीप्रसाद भुर्तेलले जिवन विक्रम उचैलाई पराजित गरे। उनीहरुले क्रमशः १८८ र १७२ मत प्राप्त गरेका थिए। उता महिलातर्फ भने विन्दु अधिकारी २ सय १६ मतसहित विजयी बन्दा सरिता भण्डारीले १ सय ४५ मत पाइन्।