समाचार

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, २ बैशाख । धादिङमा ट्रक दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । 

प्रहरीका अनुसार आज बिहान करिब ११ बजे निलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टे भन्ने स्थानमा मल बोक्न जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो । 

दुर्घटनामा एक जनाको मृत्यु र ८ जना घाइते भएका छन् । मृतक सोही वडाका राम रम्तेलका १० वर्षीय छोरा सन्तोष छन् । अन्य ८ घाइतेको उपचारका लागि जिल्ला अस्पताल धादिङ लगिएको छ । चालकको पहिचान खुलिसकेको छैन। दुर्घटना कसरी भएको भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।