राजनीति

काठमाडौँ महानगरले पाठेघरको मुखको क्यान्सरको परीक्षणसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर चलाउँदै



काठमाडौँ, ३ बैशाख । काठमाडौँ महानगरपालिकाले आफ्ना महिला जनप्रतिनिधि र कर्मचारीका निम्ति निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।  

मंगलबार हुने शिविरमा स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण र प्रजनन् स्वास्थ्यसम्बन्धी परीक्षण हुने महानगरले जनाएको छ । शिविर राष्ट्रिय सभागृहमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म चल्नेछ ।