राजनीति

नाउपाबाट नेपाल सद‍्भावना पार्टी छुट्टियो



धनगढी, ३ बैशाख । नेपाल सद‍्भावना पार्टी नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट अलग भएको छ ।

गरिएको सहमति पूरा नगरेको र श्रीमान् र श्रीमतीको विवादका कारण देश र जनताको लागि पार्टी सञ्चालन हुन नसकेको भन्दै नाउपाबाट नेपाल सद‍्भावना पार्टी अलग भएको हो । नेपाल सद‍्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोद्वारा जारी विज्ञप्ति अनुसार नाउपा व्यक्तिगत स्वार्थ पूरा गर्न तर्फ अग्रसर भएको समेत उल्लेख छ ।