राजनीति

विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री यादव



काठमाडौँ, ४ वैशाख । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पटक विश्वासको मत लिँदै छन् ।

प्रदेशसभाको  दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानबमोजिम यादवले मङ्गलवार विश्वासको मत लिन लागेका हुन् । 

१०७ सदस्यीय मधेस प्रदेश सभामा सबैभन्दा ठुलो दल एमालेका २५, कांग्रेसका २२, जसपाका १९ र जनमतका १३ सांसद छन् । त्यस्तै, लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीका १÷१ सांसद रहेका छन् ।