राजनीति

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता



काठमाडौँ, ४ वैशाख । सत्ता गठबन्धनका विषयमा अनेक आशङ्का उब्जिरहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भेट गरेका छन् ।

दुई नेताबिच आज बालुवाटारमा वार्ता भएको छ । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेपछि वर्तमान सत्ता गठबन्धन धरापमा परेको छ । अध्यक्ष माधव नेपालले प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओली सहमतिबाट पछि हटेकोले गठबन्धनबाट बाहिरिने चेतावनी दिँदै आएका छन् । यसै विषयमा प्रधानमन्त्री प्रचण्ड र सम्मानित नेता खनालबीच छलफल भएको बताइएको छ ।