Banner News

गण्डकीका मुख्यमन्त्रीले वैशाख ७ गते विश्वासको मत लिने



काठमाडौँ, ५ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आउँदो वैशाख ७ गते विश्वासको मत लिने भएका छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो । तर, प्रदेश प्रमुख डिल्लीराज भट्ट गृह जिल्ला डोटीमा थिए । उनी बिहीबार मात्र फर्कने कार्यक्रम थियो । 

मुख्यमन्त्री अधिकारीले ७ गते विश्वासको मत लिने भएपछि भट्ट पोखरा फर्किएर प्रदेशसभा बैठक आह्वान गरेका हुन् । विश्वासको मत लिनुभन्दा ४८ घण्टा अगावै प्रदेशसभालाई जानकारी दिनुपर्ने हुन्छ । सोहीअनुसार ७ गते दिउँसो ३ बजेलाई प्रदेशसभा बैठक आह्वान गरिएको हो ।