समाचार

सातजना जुवाडे पक्राउ



काठमाडौँ, ५ बैशाख । काठमाडौँको डिल्लीबजारबाट जुवा खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

डिल्लीबजारस्थित गोपिनी महर्जनको घरमा जुवातास खेलिरहेका ओखलढुङगा सिद्धिचरण नगरपालिका–२, ठुलाछापका ४२ वर्षीय श्यामकाजी खत्रीसहित सातजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूको साथबाट ३३ हजार ५०५ रुपैयाँ बरामद गरेको छ ।