समाचार

बागमती नदीमा डुबेर एकजनाको मृत्यु



काठमाडौँ, ५ बैशाख । बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गोकर्णेश्‍वर नगरपालिका–१ ओख्रेनी चिलाउनेस्थित बागमतीमा डुबेर १९ वर्षीय युवक अनिल खड्काको मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर रामेछापको उमाकुण्ड गाउँपालिका–२ घर भई काठमाडौँ सितापाईला बस्दै आएका खड्को मृत्यु भएको प्रहरीले जनाएको छ ।