अर्थ

एक ट्रक प्याज बरामद



काठमाडौँ, ६ बैशाख । धनुषामा एक ट्रक प्याज बरामद भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको हो ।

शहिदनगर नगरपालिका-२ तीनकोरिया वीरेन्द्रबजारबाट ना८ख ६३०० नम्बरको ट्रकसहित प्याज नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ ।

कागजपत्र शंकास्पद देखिएपछि प्याजसहित ट्रक नियन्त्रणमा लिइएको हो । प्याजको ३ लाख २७ हजार र ट्रकको २२ लाख मूल्यांकन गरी आवश्यकक कारबाहिको लागि जनकपुर भन्सार कार्यालय पठाइएको छ ।