राजनीति

जसपाको गण्डकी प्रदेशस्तरिय किसान महासङ्घ र खस सङ्घ गठन



पोखरा, ७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृसङ्गठन  किसान महासङ्घ र खस सङ्घ गठन गरिएको छ ।

शुक्रबार पोखरामा आयोजित प्रदेशस्तरिय भेलाबाट यामप्रसाद आचार्यको अध्यक्षता १३ सदस्यीय समाजवादी किसान महासङ्घ गठन भएको छ । त्यस्तै सोही भेलाबाट हस्तबहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय समाजवादी खस सङ्घ, नेपाल गण्डकी प्रदेश समिति गठन गरिएको हो ।

पार्टीका राजनीतिक समिति सदस्य एवं समाजवादी खस सङ्घका केन्द्रीय अध्यक्ष प्रेमनारायण थापा प्रमुख अतिथि रहेका थिए । पार्टीका राजनीतिक समिति सदस्य निर्मल जिसी महेन्द्रले समितिको नामावली घोषणा गरेका थिए ।

कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य धनप्रसाद तामाङ, केन्द्रीय सदस्य एवं समाजवादी ट्रेड युनियन महासङ्घका अध्यक्ष अर्जुन लम्साल पार्टीका प्रदेश समिति अध्यक्ष गोपाल गुरुङलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।