Banner News

रास्वपालाई सिध्याउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने



काठमाडौँ, ८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।

आज इलाममा आयोजित चुनावी सभामा बोल्दै उनले वर्षौँदेखि सत्तामा बसिरहेका मान्छेले नयाँ मानिस आएको चित्त नबुझाएको भन्दै रास्वपालाई सिध्याउने षड्यन्त्र भइरहेको जिकिर गरे ।

रास्वपालाई सिध्याउने षड्यन्त्र भए पनि जनताले उठाएको शक्तिलाई सकाउने ताकत कसैसँग नरहेको उनले उल्लेख गरे ।
लामिछानेले देशलाई सुशासनको बाटोतर्फ अघि बढाउन रास्वपालाई थप शक्तिको आवश्यक रहेको बताए । चुनावका बेला गल्ती गर्ने र पछि पछुताउनुपर्ने अवस्था आउन नदिन मतदाताले विवेकी निर्णय गर्नुपर्नेमा उनले जोड दिए ।