राजनीति

दलहरूको ध्यान सत्तामा मात्र केन्द्रित : नेता रावल



काठमाडौँ, ८ बैशाख । एमाले नेता भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्र केन्द्रित रहेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको कार्यान्वयनका निम्ति आवश्यक कानुन बनाउन नसकेको र दलहरूको ध्यान सत्तामा मात्र केन्द्रित रहेको बताएका हुन् ।

कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्दा समेत नेपालको संविधानमा उल्लिखित समाजवादउन्मुख प्रणालीको रूपरेखा ल्याउन नसकेको उनले टिप्पणी गरे । संविधानमा राष्ट्रिय स्वतन्त्रताको व्याख्या गरिए पनि त्यसलाई कार्यान्वयनमा ल्याउन कानुन बनाउन नसकेको उनले बताए । अहिलेको अवस्थामा कम्युनिस्ट पार्टीको नेतृत्व गर्नेले कम्युनिस्टविरोधीसँग साँठगाँठ गर्दैनन् भनेर परिकल्पना गर्ने स्थिति नरहेको उनको भनाइ थियो ।