राजनीति

एमाले अध्यक्ष ओली अस्वस्थ 



काठमाडौँ, ९ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

अस्वस्थ भएपछि उनी गोदवारीमा जारी महाधिवेशन केन्द्रीय परिषद्को बैठकमा सहभागी छैनन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा बैठक बसेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

ओली रुघाखोकीका कारण बैठकमा उपस्थित हुन नसकेको उनको सचिवालयले जनाएको छ । शनिबार सुरु भएको केन्द्रीय परिषद् बैठकमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।