राजनीति

पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान



काठमाडौँ, १० वैशाख । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरेको छ ।

नेकपा स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा भण्डारीलाई प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त सम्मानबाट सम्मानित गरेका हुन् । 

नेपालको महिला आन्दोलनको अग्रणी व्यक्तित्व, कम्युनिस्ट आन्दोलनको योद्धा, गणतन्त्र नेपालको दुई पटक निर्वाचित राष्ट्रपति भएकी भण्डारी जननेता मदन भण्डारीको पत्नी हुन् ।