राजनीति

झलनाथ खनाल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता



काठमाडौँ, ११ वैशाख । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बालुवाटारमा भेटघाट भएको छ ।

उक्त भेटघाटमा इलामको चियाको समस्याबारेमा छलफल भएको हो । डेढ वर्ष अघि पनि भारतले नेपालको चिया आयातमा रोक लगाएको थियो। तर पूर्व प्रधानमन्त्री र तत्कालीन प्रधानमन्त्रीबिच कुराकानी भएर चिया नियमित किनबेच भइरहेको थियो । अहिले फेरि भारतीय पक्षले नेपालको चिया लान छोडेपछि इलामका उद्योगपतिहरू र किसानहरू मार्कामा परेका थिए । 

त्यही क्रममा इलामका चिया व्यवसायीले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेटी समस्याको बारेमा जानकारी गराएपछि आज पूर्व प्रधानमन्त्री झलनाथ खनाल चिया व्यवसायी र प्रधानमन्त्रीबिच चियाको समस्याको समाधान गर्नको लागि भारतीय सम्बन्धित पक्षलाई यसको यो समस्याको समाधानका लागि छलफल गर्ने सहमति भएको छ ।