Banner News

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौँ, ११ वैशाख । प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणको समीक्षालगायत विषयमा छलफल भएको हो । 

भेटमा प्रदेश सरकारका बारेमा पनि समीक्षा भएको बताइएको छ । त्यस्तै, आगामी आर्थिक वर्षको बजेटका साथै सरकारको नीति तथा कार्यक्रमका विषयमा पनि छलफल भएको छ ।