समाचार

जीप र मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु



काठमाडौँ, १२ वैशाख । झापामा जीप र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान शिवसताक्षी–८ झिलझिलेमा पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किदा  मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो । 

उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।  मृतकको सनाखत हुन बाँकी छ ।