समाचार

विश्वका प्रदूषित सहरमध्ये काठमाडौँ दोस्रोमा



काठमाडौँ, १२ वैशाख । विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ आज दोस्रो नम्बरमा छ ।

वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार आज मध्याह्न १२ बजे काठमाडौँ विश्वका १२२ सहरमध्ये दोस्रो नम्बरमा रहेको हो ।

काठमाडौँमा सो समय वायुको गुणस्तर एक्यूआई एयर क्वालिटी इन्डेक्स १६२ छ । सूचीको एक नम्बरमा रहेको भारतको कोलकत्तामा पनि एक्यूआई १६३ छ, तर पीएम २.५ को मात्रा भने कोलकत्तामा बढी छ ।  

आइक्यू एयरको तथ्यांकअनुसार आज मध्याह्न १२ बजे चितवनको मेघौली सबैभन्दा प्रदूषित देखिएको छ । मेघौलीमा यूएस एक्यूआई २१९ पुगेको छ । यस्तै पोखराको एक्यूआई १८० र भरतपुरको एक्यूआई १५७ पुगेको छ ।