Banner News

राष्ट्रपति पौडेलद्वारा  उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति



काठमाडौँ, १३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुने उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारलाई स्वीकृति दिएका छन् । 

यही वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । सोही निर्वाचनमा सेना परिचालनका लागि सरकारको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले स्वीकृति दिएका हुन् । 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को  निर्णय र प्रधानमन्त्री पुष्पकमल दाहालको पत्रको आधारमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति दिएको हो ।