राजनीति

राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा छु : भीम रावल



काठमाडौँ, १३ वैशाख । नेकपा (एमाले)का नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित साक्षात्कारमा कार्यक्रममा बोल्दै रावलले एमालेका नेताहरूको व्यवहारका कारण आफू राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका हुन् । 

उनले महाधिवेशन परिषद् सदस्यको हैसियतमा आफूलाई परिषद् बैठकमा सहभागी हुन नदिएर नियोजित रूपमा निषेध गर्न खोजिएको तर्क गरे । जस्तोसुकै परिस्थिति आए पनि आफू एमालेमा रहनुपर्छ भन्ने मान्यताका साथ अघि बढे पनि गोदावरी अधिवेशनपछि राजनीतिक जीवनको मोडमा ढकेलिएको महसुस भएको उनले बताए ।

रावलले भविष्यमा राजनीतिको अर्को घुम्ती कस्तो हुने हो, पछि नै बताउने जिकिर गरे ।