समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, १४ वैशाख । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मीदरबार गाउँपालिका-३ का २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको हो । गम्भीर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गुल्मीदरबार ४ भट्टेचौरका ३१ वर्षीय यमबहादुर सुर्यवंशी घाइते भएका छन् । उनको पाल्पामा उपचार भइरहेको छ । बिहीबार राति गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु३५प ५४८४ नंम्बरको मोटरसाइकल सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।