समाचार

सेनाले माग्यो विभिन्न पदहरूमा दरखास्त आह्वान



काठमाडौँ, १४ वैशाख । नेपाली सेनाले प्राविधिक/ हवाई/विविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ ।

जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित गर्दै ती क्षेत्रमा ३१९ जना सैनिक कर्मचारी मागेको हो । सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टल देखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ विभिन्न संख्यामा कर्मचारी मागेको हो ।