अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १४ वैशाख । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३७ हजार २ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।