अर्थ

नेप्से परिसूचक १५.६२ अंकले घट्यो



काठमाडौँ, २४ वैशाख । आज सेयर बजारमा नेप्से परिसूचक १५.६२ अंक घटेर १९५८ अंकमा कायम भएको छ ।

परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब ७९ करोडको कारोबार भएकोमा आज २ अर्ब ८९ करोडमा खुम्चियो । ६२ कम्पनीको मूल्य बढ्दा १७७ को घट्यो भने ६ को स्थिर रह्यो ।

विकास बैंकबाहेकका सबै समूह घटे । सो समूह ९.३३ अंक बढ्यो । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.८ प्रतिशत (७५ अंक) घट्यो । बैंकिङ ६, फाइनान्स ४२, होटल तथा पर्यटन ८, हाइड्रोपावर १०, जीवन बीमा ४६, उत्पादन १७, माइक्रोफाइनान्स ७५, निर्जीवन बीमा ११२, अन्य २७ र ब्यापार समूह २१ अंक घटे ।

बोटलर्स नेपाल तराईको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत बढ्यो । माउन्टेन हाइड्रोको मूल्य ८.५२ प्रतिशत बढ्यो । सीवाईसी लघुवित्तको ५.१३, दिव्यश्वरी हाइड्रोको ४.९२, बाराही हाइड्रोपावरको ४.०५ प्रतिशत मूल्य बढ्यो । पोखरा फाइनान्स र दोल्ती पावरको मूल्य १० प्रतिशत घट्यो । पिपुल्स पावरको ७.९, समता लघुवित्तको ६.३ र नाडेप लघुवित्तको मूल्य ५.८ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा सिटिजन्स लाइफ इन्स्योरेन्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स, हिमालयन रिइन्स्योरेन्स र गोर्खाज फाइनान्स क्रमशः अगाडि रहे ।