राजनीति

जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार



काठमाडौँ, १४ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालको सङ्गठित सङ्ख्या एक लाख ४५ हजार रहेका छन् ।

जसपा अहिले महाधिवेशनको तयारीमा जुटिरहेको छ । जेठ २८ गतेदेखि ३० गतेसम्म जनकपुरमा हुने महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयनका लागि प्रक्रिया सुरु गरेको छ । त्यसका लागि पार्टीको सङ्गठित सदस्य सङ्ख्या टुङ्गो लगाएको छ । 

पार्टीका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनका अनुसार जसपाको सङ्गठित सङ्ख्या एक लाख ४५ हजार रहेका छन् । त्यसमध्ये अब प्रतिनिधि चयन गर्ने कार्य हुन्छ । त्यसका लागि कार्यकारिणी सदस्य लालबाबु राउतको नेतृत्वमा गठन भएको कार्यदलले मापदण्ड बनाउने कार्य गरिरहेको छ ।