राजनीति

नयाँ समीकरण बनाउन हतार गरेका छैनौँ : रमेश लेखक



काठमाडौँ, २६ वैशाख । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका छन् । आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सचेतक लेखकले अहिलेको समीकरण गराउन हतार नगरेको स्पष्ट पारे ।

“राजनीतिमा निरन्तर संवाद हुन्छ, पहिलो दल भएकाले अरू दलसँग निरन्तर संवाद हुन्छ, स्वभाविक हो,” उनले भने ।  

उनले एमालेसँग मिलेर सरकार बनाउन ठोस संवाद नगरेको बताए । “आमजनताको धारणा एमालेसँग मिलेर सरकार बनाउनुपर्छ भन्ने छ, त्यो कांग्रेस र एमालेभित्र पनि छ तर, सरकार बनाउने तहमा एमालेसँग संवाद कांग्रेसको भएको छैन,” उनले भने ।