समाचार

वैदेशिक ठगी मुद्दामा फरार तीन जना पक्राउ



काठमाडौँ, १९ वैशाख । ‘विदेश पठाउँछु’ भनेर ठगेपछि फरार भएका ३ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दोलखाको भीमेश्वर नगरपालिका घर भएका ३२ वर्षीय रबिन तामाङ, काभ्रे घर भएका २३ वर्षीय सहदेव रिजाल र मकवानपुर घर भएका २० वर्षीय कविराज सुवेदीलाई पक्राउ गरेको हो  ।

उनीहरूलाई पक्राउ गरेर थप कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको छ । रबिन तामाङले अफ्रिका पठाउँछु भनेर पीडितहरूसँग ४ लाख ९० हजार लिएपछि सम्पर्क विहीन भएका थिए । आरोपी रिजालले क्यानडा पठाउँछु भनेर ८ लाख रुपैयाँ ठगी गरेका हुन् । कविराज सुवेदीले दुबई पठाउँछु भनेर ८० हजार लिएपछि सम्पर्क विहीन भएको पीडितहरूले बताएका छन् ।