राजनीति

जापानी विदेशमन्त्रीद्वारा वसन्तपुर क्षेत्रको अवलोकन



काठमाडौँ, २३ वैशाख । नेपाल भ्रमणमा रहेकी जापानी विदेशमन्त्री खामिखावा योकोले आइतबार दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छन् ।

आजै काठमाडौँ आएकी उनी दिउँसो २ बजे वसन्तपुर क्षेत्रमा पुगेकी थिइन् । उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन् । अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरिन् ।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।