Banner News

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण



काठमाडौँ, २३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । 

राष्ट्रपति पौडेलले आज सो विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।