राजनीति

गण्डकीका मुख्यमन्त्री अधिकारी पाए विश्वासको मत



काठमाडौँ, २३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् ।

मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३० सांसदले समर्थन जनाएका थिए । त्यसपछि सभामुख कृष्णप्रसाद धितालले मत अधिकार भएको भन्दै प्रस्तावको पक्षमा मत हाल्दै मुख्यमन्त्री अधिकारीले विस्वासको मत पाएको घोषणा गरे ।