अर्थ

विश्व बैंकद्वारा ८० मिलियन डलर ऋण स्वीकृत



काठमाडौँ, २५ वैशाख । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउने प्रयोजनका लागि ८० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

बैंकको आज बसेको बोर्ड बैठकले ८० मिलियन अमेरिकी ऋण स्वीकृत गरेको हो । यो रकम नेपाल सरकारले वित्तीय क्षेत्रलाई सुदृढ बनाउनका लागि नीति निर्माणमा खर्च गर्नुपर्ने छ । यस्तै वित्तीय समाधानको विविधीकरणमा समेत लगानी गर्नुपर्ने छ । यो रकमले नेपालको वित्तीय क्षेत्रलाई बलियो बनाउन, विविधीकरण गर्न र सुधार गर्न सहयोग गर्ने विश्व बैंकको विश्वास रहेको बताइएको छ ।